सिरिया र इजरायलबीच ४६ वर्षदेखि जारी विवादबीच त्यहाँ शान्ति स्थापनार्थ नेपाली सेनाको टोली मध्यपूर्वी राष्ट्र सिरियाको अति संवेदनशील माउन्ट हर्मनमा पुगेका छन् ।
नेपाली सेना पुगेको त्यस स्थानमा २० फिटको हिउँ र माइनस २० डिग्रीको चिसो रहेको उक्त क्षेत्रमा पुगेको सैनिक जनसम्पर्क तथा निर्देशनालयले उल्लेख गरेको छ । माउन्ट हर्मको क्षेत्रको स्वामित्वलाई लिएर सिरिया र इजरायलबीच ४६ वर्षयता विवाद छ । यो क्षेत्रमा ठूलो संख्यामा विद्युतीय धराप र द्वन्द्वरत् सशस्त्र समूहको चलखेल छ ।
सन् २०१३ देखि नेपाली शान्ति सैनिकहरू त्यो क्षेत्रमा तैनाथ छन्। उक्त इलाकामा हिउँमा प्रयोग गरिने विशेष किसिमको सवारी साधनहरु पिस्टन बुली, स्किडो र स्कीको प्रयोग गरी सैनिक कारबाही सञ्चालन गरिन्छ ।
त्यहाँ खटिने अधिकांश फौज मुस्ताङ जिल्लाको कैसाङ्गस्थित उच्च शिखर तालिम शिक्षालयबाट हिमाली युद्धकला सम्बन्धी तालिम गरेका हुन्छन् । सो क्षेत्रमा ६ महिना हिमपात हुने गरेको छ
प्रतिक्रिया