भारतद्वारा १० लाख डोज खोप नेपाललाई अनुदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

छिमेकी राष्ट्र भारतले कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हृदयेश त्रिपाठीले भारतले खोप सहयोग उपलब्ध गराएको जानकारी गराएका हुन् ।

उक्त परिमाणको खोप बिहीबार नै काठमाडौंमा ल्याइने मन्त्री त्रिपाठीले जानकारी दिए । उनले खोप लगाउने सबै तयारी भइसकेको बताए । उनले नेपाललाई सहयोग गरेको मा भारत सरकारलाई धन्यावाद पनि दिएका छन् ।