पुलिसको पहिलो जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ ।

कीर्तिपुरस्थित बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो ।

सुदूरपश्चिमले दिएको १ सय ११ रनको समान्य लक्ष्य पुलिसले १७ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । पुलिसको जितमा दुई खेलाडीले अर्धशतक बनाए । सुनिल धमलाले ५३ रन र कुशल भुर्तेलले अविजित ५१ रन बनाए । सुनिल र कुशलले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए । अमित श्रेष्ठ १ रनमा अविजित रहे ।

सुदूरपश्चिमलाई एक विकेट दिलाउने क्रममा हेमन्त धामीले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ३३ ओभर १ बल खैल्दै सबै विकेट गुमाइ १ सय १० बनाएको थियो ।

सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ४० रन बनाए । यस्तै सन्जु धामीले ३५ रन जोडे । अरुण ऐरी १३ रनमा आउट हुँदा अर्जुन साउदले १० रन बनाए ।

पुलिसका दिपेन्द्र सिंह ऐरी ४ र सागर ढकालले ४ विकेट लिए । जितसंगै पुलिसले २ खेलमा २ अंक जोडेको छ ।