बुधबार पनि नेपाली बजारमा सुनको भाउ उकालो लाग्ने क्रम जारी रहेको छ । सुन मंगलबारको तुलनामा आज पाँच सयले वृद्धि भएको हो ।
मंगलबार ९२ हजार रुपैयाँ प्रतितोलमा कारोबार भएको छापावाल सुनको भाउ आज ९२ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्यमा पनि पाँच सयले नै बढेर ९२ हजारमा कारोबार भईरहेको छ ।
त्यस्तै मंगलबार १२ सय ४५ रुपैयाँमा किनबेच भएको चाँदीको मूल्यमा १५ रुपैयाँले बढेर १२ सय ६० मा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया