काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरू क्रमश खुल्ने क्रममा छन् । महानगरपालिकाले माघ २ गतेदेखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर महानगरभित्र रहेका विद्यालय खोल्न पत्राचार गरेपश्चात् विद्यालय खोल्न थालिएको हो ।
केही विद्यालयहरु माघ २ गते नै खुले तापनि केही विद्यालय भने खोल्ने तरखरमा रहेका छन् । महानगरले पत्राचार गरेसबमोजिम एकपछि अर्को गर्दै विद्यालय खोल्नेको संख्या दिनानुदिन बढ्दै गएको छ ।
काठमाडौंको कलंकीस्थित रहेको लोक आदर्श विद्यालयले महानगरको पत्राचार पाउनासाथ सुरक्षाका सबै मापदण्डलाई अपनाइ विद्यालय खोलेको छ । स्वास्थ सुरक्षाका कारण विद्यार्थीलाई एकै ठाउमा राख्न नसकिने र भौतिक दूरी कायम गर्नुपर्ने भएको ले सुरुको दिनमा केही गाह्रो भएता पनि अहिले भने त्यसमा नै अभ्यस्त भइसकेकोले सामान्य तरिकाले नै विद्यालय सञ्चालनमा आइरहेको उक्त विद्यालयको प्रधानाध्यापक प्रदीप तिमिल्सिनाले घामछायाँलाई बताउनु भयो । आफैलाइ पनि चुनौतीका साथै नयाँ अनुभव पनि भएको उहाँको भनाइ छ ।
यत्रो महिनाको अन्तराल पछि भौतिक रुपमा पढ्दा केही बच्चाहरु बाहेक अधिकांश बच्चाहरुमा पढ्ने बानी हराइसकेको प्रधानाध्यापक तिमिल्सिनाले अनुभव सुनाउनु भयो । विद्यलाय खुलिसके पश्चात् अब क्रमश पढ्ने आचरणको बानी पर्ने विश्वास उहाको छ ।
“पढ्ने बानी हटिसकेको थियो अहिले फिजिकल क्लास हुन थालेपछि राम्रो हुँदै गएको छ” यो लोक आदर्श विद्यालयमा अध्यनरत छात्राको भनाई हो । त्यस्तै भर्चुअल क्लासमा नेट्वर्कको समस्याले बिग्रेको क्लास अहिले सुधृदै गएको त्यसै विद्यालयका अर्को छात्रले भने ।
काठमाडौंमा नै रहेको क्यानबृज विद्यालय हिजो देखि खुलेको छ । भौतिक रुपमा क्यानवृज विद्यालयले कक्षा ८,९ र १० लाई अनिवार्य विषयको मात्रै पठनपाठन गराइरहेका छन् भने अन्य अरु ऐच्छिक विषयहरु र त्यसदेखी तलका कक्षाहरुलाइ भर्चुअलको माध्यमबाट अध्यापन गराइरहेको त्यहाका शिक्षक मिना श्रेष्ठले घामछायाँलाइ बताउनु भयो ।
त्यस्तै राइजिङ स्टार विद्यालय हिजो देखि खुलेको छ। त्यहाका विद्यार्थीलाई विद्यालयको तीन वटा भवनमा राखेर पठनपाठन गराइएको छ। पीजीदेखि केजीसम्मका लाई विद्यालयको एउटा भवनमा, १ कक्षादेखि कक्षा ४ सम्मका विद्यार्थीलाइ दोस्रो भवनमा र ५ देखि कक्षा १० सम्मको विद्यार्थीलाई विद्यालयको तेस्रो भवनमा राखेर अध्यापन गराइरहेको छ ।
काठमाडौंमा नै रहेको रिब्स विद्यालय भने अहिले पनि खुलेको छैन । विद्यालय नखोल्नुको कारणजति नै सुरक्षित गरेर विद्यालय खोले पनि अभिभावक विश्वस्त हुन नसक्नु हो । अहिलेको समयमा कोरोनाको कारणले सबैको मानसिकता एकदमै खलबलिएको अवस्था छ। त्यहाका सेकेन्डरी इन्चार्ज अतुल उप्रेती भन्नुहुन्छ । “विद्यालय सामान्य वातावरणमा लेराएर ढिलो चाडो बिस्तारै खोल्नु पर्छ। खोल्ने बाहेक अरु विकल्प छैन । तर हतार गर्नु बिल्कुलै उपयुक्त हुदैन।“
विद्यालय जति खुले पनि वा खुल्ने तरखरमा भए पनि अभिभावकमा परीक्षा कहिले हुने, कहिलेसम्म पढाउने र सुरक्षा को विषयलाइ लिएर अन्योल देखिन्छ । सरकार लगायत सम्बन्धित पक्षले यस विषयमा स्पष्ट हुन आवश्यक छ । भिडियो हेरौ
प्रतिक्रिया