पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १५९, भक्तपुरमा २७ र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएका छन्
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । जसमा १ सय २९ महिला र २१९ पुरुष रहेका छन् । यो सहित संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ । २ लाख ६२ हजार २ सय ५९ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । हाल देशभर ३ हजार ७ सय ६४ सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर १६१ जना कोरोना संक्रमितको आइसीयूमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
प्रतिक्रिया