नेप्सेमा सामान्य अंकको गिरावट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज मंगलबार शेयर बजारमा ५.५७ अंकले घटेको छ । नेप्से घटेर २ हजार ३ सय २६ दशमलब ९० को विन्दुमा पुगेको छ ।

आज ७ अर्ब ४६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । नेपाल लाइफको ९१ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको ३५ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । प्रगोसिभ फाइनान्स, नेपाल फाइनान्स, गुर्खाज फाइनान्सको १० प्रतिशतका दरले वृद्धि भएको छ, भने कर्पोरेर्ट डेभलपमेन्ट बैंकको ९.९५ का दरले वृद्धि भएको हो । सर्पाट माईक्रोफाइनान्सका लगानीकर्ताले ७.७४ प्रतिशतका दरले घटेको छ, भने छ्याङ्दी हाइड्रोपावरको ५ प्रतिशतका दरले घटेको हो ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ समूह बाहेक अन्य समूह घटेको छ ।