चार श्रृंखलाको टेष्ट भारतलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बोर्डर गवास्कर टेष्ट श्रृंखलाको लागि अष्ट्रेलिया भ्रमणमा रहेको भारतले अष्ट्रेलियाविरुद्धको टेस्ट श्रृंखला जितेर ईतिहास रचेको छ ।

अष्ट्रेलियाको ब्रिस्बेनमा भर्खरै सम्पन्न भएको चौथो टेष्टमा भारतले घरेलुलाई तीन विकेटले पराजित गरेको हो । योसंगै भारतले चार टेष्टको श्रृंखला २–१ ले आफ्नो नाममा पारेको छ । यसअघि भएको खेलामा भारतले एक तथा अष्ट्रेलियाले एक खेल जितेका थिए भने एउटा खेल बराबरीमा टुंगिएको थियो ।अष्ट्रेलियाली टोलीलाई ब्रिस्बेनमा ३३ वर्षदेखि कसैले हराउन सकेको थिएन । आज भारतले उसलाई उसकै भूमिका हराउदै ईतिहास रचेको हो ।
पहिलो इनिङमा लाबुसेनको १०८ रनको मद्दतले ३६९ रनलाई पछ्याएको भारतले ३३६ रन बनाई अल आउट भएको थियो । भारतलाई अलआउट गर्ने क्रममा हेजलवुडले ५ विकेट लिएका थिए ।
दोस्रो इनिङमा ३३ रनले अगाडी रहेको अष्ट्रेलियाली टोलीले जम्मा ७५.५ ओभर खेलेर २९४ रन बनाएको थियो । उसका लागि दोस्रो इनिङमा स्टिभन स्मिथले सर्वाधिक ५५ रनको योगदान दिएका थिए ।

अष्ट्रेलियालाई सस्तैमा रोक्नका लागि भारतीय फास्ट बलर मोहम्मद सिराज नायक बने । उसले अष्ट्रेलियाका आधा खेलाडीलाई पेभिलियनको बाटो देखाएका थिए । सिराजले १९.५ ओभर गर्दै ७३ रन खर्चेर ५ मेडनसहित ५ विकेट लिएका थिए ।

समग्रमा ३२८ रनको लक्ष्य पाएको भारतले ७ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । भारतका लागि सर्वाधिक रन जोड्ने खेलाडी शुभमन गिल बने । उनले ९१ रनको महत्वपूर्ण पारी खेले । त्यस्तै भारतलाई जित दिलाउने क्रममा युवास्टार खेलाडी ऋषभ पन्तले नट आउट ८९ रनको योगदान दिए । पन्त कै व्याटबाट विजयी रन निस्केको थियो । पन्तले अन्तिममा चौका प्रहार गर्दै भारतलाई जित दिलाए थिए । पन्तलाई म्यान द म्याच घोषणा गरिएको थियो ।
अष्ट्रेलियाली भूमिमा गएर ईतिहास रचेकोमा भारतीय क्रिकेट टोलीलाई सबैतिरबाट बधाई आईरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट माफत् बधाई दिएका छन् । त्यस्तै भारतीय पूर्व क्रिकेटर सचिन तेन्डुलकर लगायतले पनि बधाई दिइरहेका छन् ।