नेपालमा युके भेरिएन्ट कोरोना भाइरस पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बेलायतबाट नेपाल फकर्ने तीन जनामा युके भेरिएन्ट (बी–११७) नामक कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । ‘तीन जनामा बेलायतमा देखिएको नयाँ स्वरूपको कोरोना पुष्टि भएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘बेलायतबाट आएकाहरुलाई निगरानीमा राखेको र फर्किएकाहरुमध्ये ६ नमुनामध्ये ३ जनामा पुष्टि भएको हो ।’
नयाँ कोरोना भाइरस पुष्टि हुनेमा २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुष छन् । तीन जनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष हाल पीसीआर नेगेटिभ भइसकेको भने ६७ वर्षीय पुरुष पोजिटिभ देखिए पनि लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ ।
गत पुष २७ गते उनीहरुमा नयाँ प्रजातिका भाइरस हो होइन भन्ने पुष्टि गर्न विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमुना पठाइएको थियो । उक्त नमुनाको माघ ५ गते रिपोर्ट आएको मन्त्रायले विज्ञप्तिमा उल्लेख गरेको छ ।