कैदीबन्दीलाई पुस्तक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सामा रहेका कैदीबन्दीहरुको लागि पुस्तक हस्तान्तरण गरिएको छ । महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट २०७७ माघ २ गते उच्च सरकारी वकील कार्यालय वीरगञ्ज र जिल्ला सरकारी वकील कार्यालय, पर्सामार्फत् कारागार कार्यालयले यो कार्य गरेको हो ।

कारागार कार्यालय, पर्साको परिसरमा आयोजित कार्यक्रमका बीच उच्च सरकारी वकील कार्यालय वीरगञ्जका उपन्यायाधिवक्ता श्री मुहम्मद मुन्ना, महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधिवक्ता श्री शिव वाग्ले तथा सहायक जिल्ला न्यायाधिवक्ता श्री दिपेशप्रताप साहले कारागार कार्यालय, पर्साका सहायक जेलरलाई पुस्तक हस्तान्तरण गर्नुभएको हो ।

संस्थागत सुधारमार्फत् न्यायमा पहुँच परियोजनासँगको सहकार्यमा रु १ लाख १७ हजार मूल्य बराबरका ऐन, नियमका संग्रह लगायतका साहित्य, इतिहास सहित अन्य पठनीय सामाग्रीहरू कैदी बन्दीलाई अध्ययन गर्नका लागि हस्तान्तरण गरिएको हो ।

सो हस्तान्तरण कार्यक्रममा उपन्यायाधिवक्ता श्री महम्मद मुन्नाले महान्यायाधिवक्ताको कार्यालयले सामान्य लेखपढ गर्न जान्ने तथा उच्च शिक्षा हासिल गरिसकेका थुनुवा तथा कैदीबन्दीहरुका लागि सुहाउँदा पुस्तकहरुका साथै कैदीबन्दीहरुका हक अधिकारका सम्बन्धमा के के व्यवस्थाहरु रहेका छन आफूलाई कुन दफा अन्तरगत मुद्दा चलाइएको हो के कति कैद भुक्तान गरिएमा छुटकारा पाउन सकिन्छ मुद्दाको पुनरावेदनको प्रक्रिया के के हो जस्ता विषयमा शिक्षीत कैदी बन्दीहरुले आफै अध्ययन गर्न सकुन भनेर नै यस प्रकार ऐन नियमका पुस्तकहरु प्रदान गरेको जानकारी दिनुभएको थियो ।