डिमाण्ड शुल्क छुट आजबाट लागू हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकारले यस वर्षको बजेटमार्फत् घोषणा गरेको  विद्युत् डिमाण्ड शुल्क छुट” आजबाट कार्यन्वयनमा आउने भएको छ ।

उद्योगीहरुको लामो समयदेखी को आग्रहपछि सरकारले आजबाट बल्ल विद्युत् डिमाण्ड शुल्क छुट दिने निर्णयको कार्यन्वयन गरेको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले विद्युत् डिमाण्ड शुल्क छुट कार्यान्वयन गर्ने निर्णय गरेको हो । सरकारले लकडाउन अवधिको डिमाण्ड शुल्क छुट गर्ने निर्णय यो वर्षको बजेटमा समावेश गरे पनि हालसम्म कार्यान्वयनमा भने आउन सकेको थिएन ।

बैठकमा बोल्नुहुदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्णय कार्यान्वयनबाट उद्योगहरू लाभान्वित हुने र कोभिडबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेखित ५८ प्रकारका उद्योगलाई आधार मानेर छुट दिने सहमति भएको छ । आर्थिक वर्ष ०७७-७८ को बजेटमा कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगको लकडाउन अवधिभर विद्युत् डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत् खपतमा ५० प्रतिशत छुट दिने उल्लेख गरिएको थियो ।