खाग तस्करि अभियोगमा दुई पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं :
गैंडाको खाग तस्करीमा संलग्न दुई जना तस्करलाई पक्राउ गरेको छ ।नेेेपाली सेेनाको सूूचना तथा जन सम्पक निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा  उल्लेख  छ।   चितवन राष्ट्रिय निकुञ्जमा खटिएको नेपाली सेना र निकुञ्ज कर्मचारीको संयुक्त टोलीले उक्त तस्करलाई पक्राउ गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालित “अपरेसन महाहण्ट–७” नाम दिइएको संयुक्त टोलीले तस्करमा संलग्न दुई जना व्यक्तिलाई कसरामस्थित चितवन राष्ट्रिय निकुञ्जको कार्यलयमा बुझाएको छ ।सो अपराधमा पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नं. ७ नयाँबजार बस्ने २७ वर्षीय कैलाश आले मगर र २७ वर्ष कै “काले” नामले परिचित अशोक गुरुङ रहेका छन् । उनी गैडाकोट नगरपालिका १ निवासी हुन् ।

“अपरेसन महाहण्ट–७” जस्ता कार्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणहरूमा संरक्षित जीवजन्तु र प्राकृतिक सम्पदाहरूको सुरक्षा थप प्रभावकारी भई यस्ता किसिमका चोरी शिकारीका घटनाहरू नियन्त्रणमा आउने नेपाली सेनाले विश्वास लिएको नेेेपाली सेेनाको सूूचना तथा जन सम्पक निर्देशनालयले जनाएको छ ।