अष्ट्रेलिया-भारत  टेष्ट सिरिज रोमाञ्चक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

अष्ट्रेलियाको ब्रिस्बेनमा भइरहेको चौथो टेष्टको तेश्रो दिन आजको खेल रोमाञ्चक मोडमा पुगेको सकिएको छ ।

शुक्रबारदेखि शुरु भएको चौथो तथा निर्णयाक खेलमा भारतले पहिलो इनिङमा ३३६ रन बनाएर अलआउट भएको छ । भारतका लागि वासिङटन सुन्दरले ६२ तथा शार्दुल ठाकुरले ६७ रनको महत्वपूर्ण पारी खेले । यस्तै भारतका लागि रोहित शर्माले ४४, चेतेश्वर पुजाराले २५, कप्तान अजिन्क्य रहाणेले ३७, रिषभ पन्तले २३ रन बनाएका थिए ।

भारतलाई ३३६ रनमा नैै रोक्ने क्रममा अष्ट्रेलियाली बलर जस हेजलवुडले ५, मिचेल स्टार्क र प्याट कमिन्सले २–२ र नाथन लायनले १ विकेट लिएका थिए ।

यसअघि शुक्रबार टस जितेर पहिले ब्याटिङ रोजेको अष्ट्रेलियाले पहिलो इनिङमा ३६९ रन बनाएको थियो ।
दोस्रो इनिङ शुरु गरिसकेको अष्ट्रेलियाले तेस्रो दिनको खेल सकिदासम्म ६ ओभरको समाप्तीमा विना विकेटको क्षतिमा २१ रन बनाएको छ । क्रिजमा डेभिड वार्नर २० र मार्कस ह्यारिस १ रन बनाएर खेल्दैछन् ।

तीन सिरिजको टेष्ट म्याचमा यसअघि नै अष्ट्रेलियाले एक र भारतले एक म्याच जितिसकेको छ । एक म्याच भने बराबरीमा सकिएको थियो ।