काठमाडौमा जारी चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सानदार विजयी सुरुवात गरेको छ ।
त्रिभुवन अन्तराष्टृय कृकेत मैदानमा भएको खेलमा साविक विजेता नेपाल पुलिसलाई ७ विकेटले पराजित गर्दै बागमती प्रदेशले विजयी सुरुवात गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले २९.३ ओभर खेल्दै अल आउट भइ १ सय ११ रन बनाएको थियो।
जितको लागि १ सय १२ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले ३४.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । बागमतीलाइ जित दिलाउन मध्यक्रमका ब्याट्सम्यान तथा उपकप्तान पृथु बास्कोटा ६६ बलमा ५ चौका र ३ छक्का सहित ४८ रनको योगदान दिदै रहे । त्यस्तै ईशान पान्डे ६६ बलमा २ चौका सहित १७ रनमा अविजित रहे ।
बागमती प्रदेशलाइ जित दिलाउने क्रममा ओपनर आकाश थापा एक रन, आदिल खानलाई १२ रन, पारस खड्का १७ रनको योगदान गरेको थियो ।
चौथो विकेटका लागि ईशान र पृथुले ७९ रनको अविजित साझेदारी गर्दै सहज जित दिलाए । पुलिसका दीपेन्द्रले आदिल खानको र ललितले पारस खड्काको एक एक विकेट लिएको थियो भने आकाश रन आउट भएको थियो ।
प्रतिक्रिया