१२ को नतिजा १०दिन भित्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षा नतिजा अबको १०दिन भित्र प्रकाशित गर्ने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन) द्वारा बिहीवार आयोजित जुम अन्तरक्रियामा बोल्दै बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले नतिजा प्रकाशन अन्तिम चरणमा रहेको जान्कारी दिनु भयो । “हामी अहिले रुजु गरिरहेका छौ। यसको पनि ४० प्रतिशत रुजु भइसकेको छ” , उहाँको भनाइ छ ।                        यद्यपि परिक्षा लिएको हिसाब ले यो काम ढिलो हुन गएको पनि उहाँले बताउनुभयो। यस पट्क सबै विद्यालयमा होमसेन्टर रखी परिक्षाको संचालन गर्ने जिम्मेवारी दिइएको थियो । ” तर उत्तर पुस्तिकाको क्रम नमिलेको र सिम्बोल नम्बर तल माथी परेको अवस्थामा थियो । आफै परिक्षा चलाउने विद्यालयले सामान्य कमन सेन्स पनी  प्रयोग नगरेको पाइयो ।   यो वर्ष देश भरिका ५ हजार १ सय ५ केन्द्रबाट ४ लाग ३० हजार बिद्यार्थीले कक्षा १२ को परिक्षा दिएका थिए।                                            कोभिड १९ को महामारीको चपेटामा परेको यो वर्षको शैक्षिक क्यलिन्डर कुनै पनि हालत्मा लागू हुन नसक्ने भएका कारण आगामी जेठमा सार्न प्रस्ताब गरिएको जानकारी पनि उहाँले दिनुभयो ।