कोरोनाले थप ५ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पौष २८, काठमाडौं । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या  १९ सय नागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरबाट आज ५ जनाको मृयु भएसंगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १९ सय ३२ पुगेको छ ।
नेपालमा आज थप चार सय ३० बढी संक्रमित थपिएका छन् । आज ५ हजार ३ सय जनाको पिसिआर गर्दा ४ सय ३० जनामा संक्रमण देखिएको छ । गत २४ घन्टामा कुल संक्रमित संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ ।
योसंगै देशभर कुल १९ लाख ९२ हजार ८ सय ५५ पिसिआर गरिसकिएको छ । नेपालमा कोरोनाका सक्रिय संक्रमितहरु घट्दै गएका छन् । आज देशभर जम्मा सक्रिय संक्रमित संक्या ४ हजार ४ सय ८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरबाट आज ४ हजार ४ सय ८ जना संक्रमित निको हुदा निकोहुने दरमा वृद्धि भएको छ । योसंगै कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको कूल संख्या २ लाख ५९ हजार ३ सय ५८ पुगेको छ
देशभर क्वारेण्टाईनमा रहनेहरुको संख्या २ सय ३७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।