पृथ्वीनारायण शाहलाई के ठान्ने वा के मान्ने देश आज यसैको बहसमा छ । हरेह व्यक्ति र समुदायले देशमा आफ्नो हिस्सा र स्थानको हिसाब किताब गरिरहेकै स्थितिले अहिले विश्वमान चित्रमा अस्तित्वमा रहेका यो देशका सूत्रधारलाई हेर्ने दृष्टिकोणमै विवाद देखिन्छ । यो विवाद केही समय अझै चल्दै गर्ला तर उनको जयन्ती नजिकिँदै गरेका बेला इतिहास शिरोमणि बाबुराम आचार्य लेखेका नेपाल एकिकरणसम्बधी यो प्रशंगले यो देश बन्नु पछाडीका धेरै कारण मध्येको एउटा कारण भने देखिन्छ। प्रशंग भक्तपुरलाई एकिकृत नेपालमा मिलाएपछि पृथ्वीनारायण शाहका भाइ र उनका बीच उत्पन्न मनमुटाव बारेको हो । आफ्नै दाजु भाईको नाजायज घुर्की र अर्घेलोअघि अडान राख्न नसके देशकै अस्तित्व जान्छ भन्ने कुरा पृथ्वीनारायण शाहले त्यस अघिका घटनाबाट बुझेका रहेछन। अहिलेका पाठकलाई भने उनको घटनाबाट यस्तो बुझन मद्दत गर्छ। यसबारे विसं १८२७ मा पृथ्वीनारायण शाहले आफ्ना भाइ र काममा खटिएका बस्नेतहरुलाई लेखेका दुई चिठिहरू र बाबुराम आचार्यले शाहको जीवनी लेख्दा गरेका बयानले देश निर्माण ताकाको सानो तर महत्वपूर्ण पाटोबारे थाहा पाउन मद्दत गर्नसक्छ ।
बालकृष्ण पोखरेलद्वारा २०२० सालमा लिखत ऐतिहासिक काजजातको संगालो ‘पाँच सय वर्ष’ पृथ्वीनारायण शाहले अभिमानसिंह बस्नेतलाई लेखेको पत्रमा पनि अंशमा देश माग्ने आफ्नै बन्धुबान्धवलाई आफ्नै कर्मचारीबाट गिरप्mतार गर्न लगाइएको बुझिन्छ । त्यस्तै भाई महोद्दामकीर्ति शाहलाई लेखको पत्रमा पनि देश अंशवण्डामा देश नदिने अडान चेतावनी पूर्ण भाषामा व्यक्त गरेको थाहा पाइन्छ । बाबुराम आचार्यद्वारा लिखित पृथ्वी नारायण शाहको जीवनीबाट उधृत अंशमा शाहले नियम मिच्ने अर्का भाई सुरप्रतापलाई भन्दा नियममा चल्ने कर्मचारीलाई विश्वास गरेको र भाईहरूको अंशवण्डामा देश भाग लगाएर दिनुपर्ने मागलाई सर्वथा अस्वीकार गरेको उल्लेख छ । तीन वटा सामग्री जस्ताको तस्तै ……
भक्तपुरमा अधिकार भएपछि पृथ्बीनारायण शाहले नुवाकोटमा रहेका आफ्ना तिनै भाईलाइ काठमाडौँमा बोलाएर परस्परमा हर्ष प्रकट गरे भक्तपुरमा आक्रमण गर्न जाने सौनीक दलका दुइ टोलिमा एक टोलिका सेनानायक काजि शूरप्रताब शाह र अर्का टोलीका सेनानायक काजि बंशराज पाडेँ थिए । यिनमा जित बाजिको मुख्य सिरोपाउ कुन काजिलाई मिल्ने भन्ने बिषयमा काठमाडौमा डेढ महिनासम्म चर्चा हुँदै रह्यो लडाँइमा शत्रु सैनिकको हत्या पनि सकेसम्म कम गर्ने निहत्था नागरिकहरुको हत्या नागरिकहरुको हत्या बिलकुलै नगर्ने र लडाँइ जितेपछि पनि नागरिकको धनसंपत्तिको कति पनि हानी नोकसानी नगराउने पृथ्वीनारायण शाहका लडाईँका नियम थिए ।
भक्तपुरको बिजयमा आखिर नियमको तपालना भएको थियो तर ,अरु नियमको पालना नभएर सुरप्रताप शाहका अर्घेल्याइँले निहत्था नरनारीको अकारण हत्या हुँदा श्री छ पृथ्बीनारायण शाह साह्रै खिन्न थिए र उनिसँग साह्रै कुपीत पनि थिए । भक्तपुरका आक्रमणमा पृथ्बीनारायण शाहका लडाइँका नियमअनुसार वशराज पाँडे भरसक कम हत्या हुने गरि तिनै मल्ल राजाहरूलाई पक्रन चाहान्थे । यसैले छानाबाट गोली चलाउने काममा यिनका मातहतमा रहेका टोली लागेको थिएन र राजदरबारलाई घेरेर मैदानमा भिड्न आएका शत्रुसैनिक उपर हमला गर्ने काममा मात्र सिमित रहेको थियो ।सुरप्रताप शाह भने अधिक हत्या भएतापनि भरसक चाँडो काम पुरा गर्न चाहान्थे । यसैकारण यिनका मातहतमा रहेको टोलीले हिटिचोकका छानाबाट गोली चलाउँदा मूल चोकमा रणजित मल्लका शरण पर्न आएका जनता मारिन पुगेका थिए ।
तर सुरप्रताप शाह भने भक्तपुर विजयको मुख्य शीरोपाउमा मात्र होईन ‘यो बिजय मेरो पराक्रमले भएको हो’ भनेर त्यहाँको हामिक बनेर त्यस ईलाकाको प्रशासन पनि गर्न चाहान्थे । परन्तु भक्तपुरका राजा राय मल्लका भाई रत्न मल्ल काठमाडौँका हाकिम हुँदा मल्ल राज्य टुक्रिएको र पाल्पाली राजा मुकुन्दसेन (प्रथम)ले आफ्ना छोराहरुलाई भित्रभित्र प्रदेशका हाकिम गराउँदा मुकुन्दसेनको राज्य पनि टुक्रिएको कुरा पृथ्वीनारायण शाहले राम्ररी जाने बुझेका थिए । यसकारण उनि आफ्ना भाईहरुलाई आफ्ना सहायकका रूपमा त लिन्थे,तर कुनै प्रदेशका भाईलाई नियुक्त गरेमा हुनसक्ने राष्ट्रिय हानीको बिचार राखेर भाईहरुलाई कुनै प्रदेशको हाकीमको पदमा नियुक्त गर्दैनथे ।
भक्तपुरमा भएको लडाइँका लेखाजोखा हुँदा जित चाँडो गराएता पनि लडाईँमा आवश्यकता भन्दा ज्यादा रक्तपात गराउनु,निहत्था शरण पर्न आएका नरनारीको हत्या गर्नु र राजा रणजित मल्ल उपर गोली चलाउनु आदि सुरप्रताब शाहको अर्घेलो काम ठहरियो । यसकारण पृथ्वीनारायण शाहले भक्तपुर विजयको मुख्य शिरोपाउ काजी वंशराज पाँडेलाई दिए । यस प्रकार भक्तपुर इलाकाको हाकिम त कता हो कता, विजयको मुख्य शिरोपाउ सम्म पनि नपाउँदा सुरप्रताप शाह घुर्कि लगाएर ‘गोरखामा बस्न जान्छु’ भनेर हिँडे ।
उनको काजीको पद थामीएकै हुनाले यिनी गोरखामै रहलान् भन्ने सम्झेर पृथ्वीनारायण शाहले उनलाई जान दिएका थिए परन्तु यिनी गोरखामा नअडिएर मस्र्याङ्गी पार भई तनहुँका ठकुराई भित्र पसे । यो समाचार सुनेपछि पृथ्वीनारायण शाहले कुपित भएर गोरखाका राजदरबारबाट सुरप्रताप शाहलाई बोकी लैजाने डोले भरियातकलाई कडा दण्ड दिए । यसपछि सुरप्रताब शाहका गतिविधिको निगरानी गर्न उनी जिवित रहेसम्म पृथ्वीनारायण शाहले आफ्ना गुप्तचरहरुलाई पठाई उनको पछेटा लगाउँदै रहेका थिए ।
स्रोतः पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, बाबुराम आचार्य –२०२५ साल
सम्वत् १८२७ तिर पृथ्वी नारायण शाहले अभिमान सिंहलाई लेखेको पत्र
स्वस्तिश्री सर्वोपमाजोग्येत्यादि श्री अभिमानसिंहके आसीकपुर्वक पत्रमिदं ।
ञाहा कुशल ताँहा कुशल चाहिए जेहिते परम आनंद होई । आगे ञाहाको समाचार भलो छ । उप्रान्त ‘जेठा चौतरीया मदेशमा राजा हुन लाग्या’ भनि जेठि चौतार्निथैँ तैले कलपिकन भनिस भनि तँसित जेठा चौतरिया झगडा गर्न षोजदछन् गरे । त्यो कुरा यस्तो हो । जेठा चौतरियाको बिजिनिस्पत्र बीचमा पक्रिकन कहरले मेरा हजुरमा चढाई पठाउदा उसै चिठिका वुजले “जेठा चौतरिया त राजा हुन लाग्या छन् । जा समाचार सुनाई आ ,क्या भन्छन् ”भनि तँलाई जेठी चौतार्नीछेउ नुवाकोट् छँदा कलीया पठायाको मैले हो । ष्वामिदले अरायाको सेबकले हुकुम मान्नैपर्छ । तैले आफना उचितले भन्न गयाको पनि होइन । जोर गाँथ ग¥याको पनि होईन । तेस बापतमा चौतरियाको वादि उनैका बिजिनिस्पत्र छँदैछ । उहि सहिले कलिया पठाएको हो । तेस कुरामा तँलाई दोष छैन । उनै दुहुदा हुन । तँसित तकरार गर्न आया यहि मोहर देखाई दियस् ,आफैँ कायल हुनन् । उपरान्त पुरश्चरणको सराजाम नपुग्या हो मागी पठा । विज्ञेसु किमधिकं। कात्तिक सुदि रोज ३ मुकाम भादगाऊँ ।
शब्दार्थ
षोजदछन् गरे – खोजद्छन् अरे
बिजिनिस्पत्र – व्यापार वा व्यवहारसम्बन्धी पत्र
जोर गाँथ – जबरजस्ती
त्यसै समयमा भाई महोद्दाम कीर्तिलाई लेखेको पत्र
स्वस्ती श्री गिरिराज चक्रचुडामणी नरनारायणोत्यादि विविध विरुदावलीबिराजमानमानोतत्र श्रीमन्माहाराजाधिराजकुमार श्रीमन्महोद्दाम कीर्तिसाहदेवेसु सदासमरबिजयिषु हषिसपुर्वक पत्रमिदं ।
इहा कुशल ताहा कुशल चाहिये । आगे ञाहाको समाचार भलो छ । उप्रान्त कहर बस्न्यातमाथि दगा गन्र्या डबल गर्छस् गरे । दगा ग¥या ‘आषा कढाइ मागलास’् । यस कुरामा कहर साचो छ । तैले लेष्याको कागत र मानिस मात्र पक्रेर हामी छेउ पु¥यायो आफ्ना हात मुखले भनि गरि केहि बिरायाको छैन । आफ्ना कर्तब्यले तहि झुटो छस् । झुटो भयाप्रांन्त चुप लागिरहनु ।
शब्दार्थ
डबल – चालामाला, ढाँचा
भया प््रांत – भएपछि
तहि – तैं
स्रोतः: पाँच सय वर्ष’, बालकृष्ण पोखरेल- २०२० साल
प्रतिक्रिया