जय यादव।
पौष २५ ,काठमाडौं।
दि भ्वाइस अफ नेपालबाट आस्था राउत टाढा हुने भएकी हुन्। नेपालको चर्चित सिङ्गिङ्ग शोबाट निर्णायक रहनुभएकी आस्था राउत तेश्रो सिजनमा टाढा हुने लगभग पक्का भएको छ। एक अनतर्वार्तामा सोधिएको प्रश्नमा ‘दि भ्वाइस अफ नेपालकी निर्णायक रहनुभएकी आस्था राउतले यस पालिको हुने सिजनमा आफु नबस्ने बताउनु भएको छ। औपचारिक रुपमा घोषणा हुन् बाकि रहे पनि दुवै पक्षबाट आस्था यो सिजनमा नबस्ने पक्कापक्की भईसकेको छ। घामछायासंग कुरा गर्दै आस्था राउतले तेश्रो सिजनमा आबद्ध हुन् नसक्ने बताउनु भयो।
उहाँले ,” पहिलेदेखि अनुबन्ध गरिएका कार्यहरु कोरोनाले प्रभावित हुन् गई पुन: निरन्तरता दिनु पर्ने भएकोले यसपाली भ्वास अफ नेपालमा बस्न नसक्ने बाध्यता छ।” भन्नु भयो। विदेशका कार्यक्रम, अनुबन्धित म्युजिक भिडियो र आफ्नो व्यक्तिगत प्रयोजनका कारण छोड्नु परेको छ तर एक सिजनका लागि मात्रै हो। ” उहाँले थप्नु भयो।
आस्था राउत यसपाली नहुने भने कुरा ‘दि भ्वाइस अफ नेपाल’ कमिटिले पनि अवगत भईसकेको छ। अझै आस्थाको विकल्पको खोजीमा रहेको छ। ‘दि भ्वाईस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले अनौपचारिक जानकारी दिदै आस्थाको विकल्प खोजि भईरहेको बताउनु भयो।
हिमालयन टेलिभिजनबाट प्रसारण हुने गीति शो ‘दि भ्वाइस अफ नेपाल’ का निर्देशक पौडेलले ,” आस्था राउतको अनुपस्थितिमा पर्न जाने खडेरी हुन् नदिन विकल्प खोजि गरिरहेका छौ ,आस्थालाई पनि अरु एक जना खोजिदिने भन्दै सहयोग गर्न आग्रह गरका छौं।” भन्नु भयो।
तर आस्था राउतको विकल्प को राख्ने भने पक्का हुन् नसकेको पौडेलले स्पष्ट पार्नु भयो। ‘दि भ्वाइस अफ नेपाल’को तेश्रो सिजन अबको २ महिना भित्र सुरु हुने उहाँले बताउनु भयो।
प्रतिक्रिया