मृतक संख्या १९ सय बढी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पौष २३, काठमाडौं।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १९ सय बढी पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरबाट ४ जनाको मृत्यु भएसंगै कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या १९ सय ३ पुगेको छ। नेपालमा कोरोना संक्रमणबाट मृत्युहुने दर १ दशमलव ९२ प्रतिशत रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।

५ हजार बढीको पिसिआर गर्दा नेपालमा आज थप चार सय बढी संक्रमित थपिएका छन्। आज ५ हजार १ सय ३२ जनाको पिसिआर गर्दा ४ सय १२ जनामा संक्रमण देखिएको छ। गत २४ घन्टामा कुल संक्रमित संख्या २ लाख ६३ हजार ६ सय ०५ पुगेको छ।
योसंगै देशभर कुल १९ लाख ६९ हजार २ सय ९२ पिसिआर गरिसकिएको छ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितहरु घट्दै गएका छन्। आज देशभर जम्मा सक्रिय संक्रमित संक्या ५ हजार ५८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना संक्रमण निको हुने दरमा वृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभरबाट आज ४ सय ८३ जना संक्रमित निको हुदा निकोहुने दरमा वृद्धि भएको छ। योसंगै कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको कूल संख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको छ। नेपालमा निको हुने दर ९७.४ प्रतिशत रहेको छ।

देशभर क्वारेण्टाईनमा रहनेहरुको संख्या ३ सय ४२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।