आजको मौसम;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अधिकत्तम

अधिकतम:२८.५ डिग्री (नेपालगंज )
न्युनतम : ०.५ डिग्री (जुम्ला )

पौष २३ गते (बिहीबार)

दिउँसो : देशको पहाडी भु-भागमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदुरपश्चिम प्रदेश र प्रेदश नं १ को  उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : प्रदेश १ र सुदुर-पश्चिम प्रदेशको पहाडी भु-भागमा मा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

मौसम विश्लेषण :

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था :

हाल देशको केहि पहाडी भु-भागमा आंशिक  बदलीको अवस्था रहेको छ र बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०९/२३ देखि २०७७/०९/२५) जारी समय : बिहान ६:०० बजे

हाल देशको केहि पहाडी भु-भागमा आंशिक बदलीको अवस्था रहेको छ र बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (जारी मिति: २०७७-०९-२२ बिहान ९:०० बजे)

हाल सुदुर पश्चिम प्रदेश र प्रदेश १ मा आँशिक देखि सामान्य बदली रही लुम्बिनी प्रदेश र प्रदेश २ का तराई भु-भागका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

सुदुरपश्चिम प्रदेश र प्रेदश नं १ को  उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले यात्रा गर्दा सावधानी अपनाउनु हुन तथा देश भर तापक्रममा हल्का गिरावट आई देशैभरी चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।