मृतक संख्या करिब १९ सय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पौष २२, काठमाडौं।
कोरोना संक्रमणबात ज्यान गुमाउनेको संख्या करिब १९ सय पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरबाट आज ६ जनाको मृयु भएसंगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १९ सय ९९ पुगेको छ।
नेपालमा कोरोना संक्रमणबाट मृत्युहुने दर १ दशमलव ९८ प्रतिशत रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।
६ हजार बढीको पिसिआर गर्दा नेपालमा आज थप चार सय बढी संक्रमित थपिएका छन्। आज ६ हजार ७ सय ६ जनाको पिसिआर गर्दा ४ सय ९ जनामा संक्रमण देखिएको छ। गत २४ घन्टामा कुल संक्रमित संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ।
योसंगै देशभर कुल १९ लाख ६४ हजार १ सय ६० पिसिआर गरिसकिएको छ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितहरु घट्दै गएका छन्। आज देशभर जम्मा सक्रिय संक्रमित संक्या ५ हजार १ सय ३३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना संक्रमण निको हुने दरमा वृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभरबाट आज ४ सय ९५ जना संक्रमित निको हुदा निकोहुने दरमा वृद्धि भएको छ। योसंगै कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको कूल संख्या २ लाख ५६ हजार १ सय ६१ पुगेको छ। नेपालमा निको हुने दर ९७.३ प्रतिशत रहेको छ।

देशभर क्वारेण्टाईनमा रहनेहरुको संख्या ३ सय ४२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।