कोरोना अपडेट ;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्वभर कोरोना :

संक्रमित: ८ करोड ६८ लाख ०१ हजार ८ सय ९५
निको भएका :६ करोड १५ लाख २० हजार ४ सय ६७
मृत्यु : १८ लाख ७४ हजार २ सय ६०
स्रोत: वर्डोमिटर्स

नेपाल:

नेपालमा कोरोना संक्रमणबाट मृत्युहुने दर १ दशमलव ९९ प्रतिशत रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ जना संक्रमितहरुको मृत्यु भएको छ भने कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १८ सय ९३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।
४ हजार बढीको पिसिआर गर्दा नेपालमा आज थप पांच सय बढी संक्रमित थपिएका छन्। आज ४ हजार ४ सय एकाउन् जनाको पिसिआर गर्दा ५ सय २२ जनामा संक्रमण देखिएको छ। गत २४ घन्टामा कुल संक्रमित संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ।
योसंगै देशभर कुल १९ लाख ५७ हजार ४ सय ५४ पिसिआर गरिसकिएको छ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितहरु घट्दै गएका छन्। आज देशभर जम्मा सक्रिय संक्रमित संक्या ५ हजार २ सय २५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना संक्रमण निको हुने दरमा वृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभरबाट आज ५ सय ७८ जना संक्रमित निको हुदा निकोहुने दरमा वृद्धि भएको छ। योसंगै कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको कूल संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको छ। नेपालमा निको हुने दर ९७.३ प्रतिशत रहेको छ।

देशभर क्वारेण्टाईनमा रहनेहरुको संख्या ३ सय ४२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।