चुच्चे नक्साको कुराले भावुक भइन् मनिषा ( भिडियो )

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ : बलिउड अभिनेत्री मनिषा कोइरालाले भारतीय सन्चार माध्य्मले आफ्नो देशको पक्षमा बोल्नु स्वाभाविक भएको बताउँदै नेपालीले भने नेपालकै हितमा बोल्नु पर्ने बताउनु भएको छ ।२९९ औं पृथ्वी जयन्ती कार्यक्रम बारे जान्कारी दिन राजधानीमा आज आयोजित पत्र्कार सम्मेलनमा बोल्दै  कोइरालाले   पहिले जे भए पनि अब भने नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जयन्ति मनाउनु पर्ने बताउनु भयो । सरकारले कालापानी लिम्पियाधुरा र लिपुलेेेकसहित  नक्शा सार्वजनिक   गरि   संसदबाट पारित गरेपछि कोइरालाले  त्यसको पक्षमा अभिव्यक्ति दिनुभएको थियो । त्यस बिरुद्ध भारतीय मिडियाले मनिषाको खेदो खनेका थिए । सन्चारकर्मिले त्यसबारे सोद्धा उहाँ भाबुक हुनुभएको थियो।  पहिले जे भयो भयो अब पृथ्वी जयन्ती मनाऔ ” , उहाको  भनाइ थियो ।   साथै उहाँले अहिले राष्टय्ता सर्वाधिक नाजुक अवस्थामा रहेको बताउनु भयो । कार्यक्रममा बामपंथी नेताहरु सिपि मैनाली र राधाकृष्ण मैनाली तथा काङ्ग्रेस नेताहरु हरिबोल भट्टराई र बिपिन कोइराला तथा पुर्व सेनापती रुक्मांगद कट्वालले पनि पृथ्वी जयन्ती मनाउनुपर्ने बताउनु भएको थियोे ।