अफ्रिकामा कोरोना भाइरसको ५०१ भीटु प्रजाति फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


पौष २१ ,
बेलायतपछि कोरोनाभाइरसको नयाँ प्रजाति दक्षिण अफ्रिकामा फेला परेको छ। दक्षिण अफ्रिकाको नयाँ भाइरसलाई ५०१.भीटु नाम दिइएको छ।अफ्रिकामा भेटिएको कोरोनाभाइरस कोभिडको नयाँ रुपान्तरित प्रजाति भएको बेलायतका स्वास्थ्य सचिव ह्यानकले दावी गरेका हुन् ।

अफ्रिकामा फेला परेको नयाँ प्रजातिको कोरोना चाँडो संक्रमण हुने र बेलायतमा भेटिएभन्दा खतरनाक भएकाले यसले कोभिड–१९ रोकथामका लागि भैरहेका प्रयासलाइ नयाँ चुनौति दिने बताइएको छ ।अहिले यो प्रजातिको भाइरस केपटाउनको पूर्वी र पश्चिमी भेगमा फैलिएको छ । बेलायत, अष्ट्रिया, नर्वे र जापानमा भाइरस पुगिसकेको छ ।

अफ्रिकादेखि बेलायत आउने अन्तराष्ट्रिय उडानमा रोक लगाउने तयारी भैरहेको उहाँले बीबीसीलाई अन्तर्वार्ता दिँदै बताउनु भएको छ। अफ्रिकामा भेटिएको नयाँ भाइरसलाई हाल विकास गरिएको खोपले काम नगर्ने बताइएको छ ।

बेलायतमा अफ्रिकी स्वरुपको भाइरस द्रुत गतिमा संक्रमित भैरहेको जनाइएको छ । जसले गर्दा बेलायतले मंगलबारदेखि कडा नियमसहितको लकडाउन घोषणा गरेको छ । ‘बेलायतभन्दा अफ्रिकाको भाइरस निकै कडा र खतरनाक छ’ ह्यानककले बीबीसीलाईभन्नु भयो। बैज्ञानिकले अफ्रिकामा म्युटेसन भएको प्रजाति अरुभन्दा भिन्न रहेको बताएका छन् जुन स्पाइक प्रोटिनमा म्युटेसन भएर मानव कोषमा सजिलै प्रवेश गर्न सक्छ ।

अफ्रिकाको उक्त प्रजाति बेलायतसहित अन्य मुलुकमा पनि फैलिएको आशंका गरिएको छ । भाइरसको यो म्युटेसनले पहिले संक्रमित भएका व्यक्तिको एन्टीबडीले काम नगर्ने र खोपलाई छिटो छिटो परिवर्तन गर्नुपर्ने चुनौति बैज्ञानिक सामु छ ।