तापक्रम –
अधिकतम:२७.४ डिग्री (विराटनगर)
न्युनतम :- -०.५ डिग्री (जोमसोम )
पौष २१ गते (मंगलबार)
दिउँसो : देशभर सामान्य बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न. १ को भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।
राति : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदुर पश्चिम, कर्णाली, गण्डकी, बागमती प्रदेश तथा प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
मौसम विश्लेषण :
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था :
हाल देशभर सामान्य बदली रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०९/२० देखि २०७७/०९/२२) जारी समय : साँझ ६:०० बजे
देशभर सामान्य बदली रहने छ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुका केहि स्थानहरु तथा बागमती र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।
तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (जारी मिति: २०७७-०९-२० बिहान ९:०० बजे)
हाल कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानहरू बाहेक अन्यत्र सबैतिर सामान्य बदली रहेको छ। पहाडी भू-भागमा हल्का वर्षा हुनुका साथै हिमाली भूभागमा हिमपात भएको छ। पूर्वी तराईका एक-दुई स्थानमा हुस्सु/कुहिरो लागेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :
देशका उच्च पहाडी र हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुने तथा सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुका केहि स्थानहरु तथा बागमती र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेकोले यात्रा गर्दा सावधानी अपनाउनु हुन तथा देशभर बदली भै बर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा केहि गिरावट आई देशैभरी चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।
प्रतिक्रिया