४ हजार बढीको पिसिआरमा ४ सय बढी संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पौष २०, काठमाडौं।
४ हजार बढीको पिसिआर गर्दा नेपालमा आज थप चार सय बढी संक्रमित थपिएका छन्। आज ४ हजार ४ सय एक जनाको पिसिआर गर्दा ४ सय ३ जनामा संक्रमण देखिएको छ। गत २४ घन्टामा कुल संक्रमित संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ।
योसंगै देशभर कुल १९ लाख ५२ हजार ९ सय ३ पिसिआर गरिसकिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितहरु घट्दै गएका छन्। आज देशभर जम्मा सक्रिय संक्रमित संक्या ५ हजार२ सय ८९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना संक्रमण निको हुने दरमा वृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभरबाट आज ५ सय ९४ जना संक्रमित निको हुदा निकोहुने दरमा वृद्धि भएको छ। योसंगै कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको कूल संख्या २ लाख ५५ हजार ८८ पुगेको छ। नेपालमा निको हुने दर ९७.३ प्रतिशत रहेको छ।

आज देशभरबाट ७ जनाको मृत्यु भएसंगे कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १८ सय ८५ पुगेको छ।

देशभर क्वारेण्टाईनमा रहनेहरुको संख्या ३ सय ४२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।