पश्चिमी वायुको प्रभाव अझै बुधबारसम्म रहने;मौसम विभाग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पौष २०, काठमाडौं ।
पश्चिमी वायुको प्रभाव अझै बुधबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशैभर पश्चिमी वायु सक्रिय रहेको छ। घामछायाँसंग कुरा गर्दै मौसमविद् गङ्गा नगरकोटीले ,हाल देशभर सामान्य बदली रहेको छ । दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम कर्णाली, गण्डकी, वाग्मती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, वाग्मती र प्रदेश नं १ को भूभागमा हल्का वर्षाको सम्भावना रहेको बताउनु भयो।

उहाँले भन्नु भयो ,”उपत्यकामा आज फ़्याट्फ़ुट वर्षा भएको छ। जुन शुन्य दशमलव एक मिलिमिटर भन्दा पनि कम थियो। भोलि पनि वर्षा हुन् सक्ने छ। ”

मौसमी प्रभाव कम भएसंगे पश्चिमी तराईका जिल्लाहरुमा हुस्सु र कुहिरो हट्दै जाने उहाँले बताउनु भयो। हाल देशको सबैभन्दा कम तापक्रम बिहान जिरीको माइनस शुन्य दशमलव ६ डिग्री थियो भने समाचार तयार पार्दासम्म जुम्लाको ०.६ डिग्री रहेको छ।
नेपालको अधिकत्तम तापक्रम भैरहवा र विराटनगरको २५.३ डिग्री रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।