कोरोना अपडेट ;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्वभर कोरोना :

संक्रमित: ८ करोड ५४ लाख ८९ हजार ४ सय ६२
निको भएका :६ करोड ०४ लाख ४३ हजार ४ सय ६८
मृत्यु : १८ लाख ५० हजार २ सय ९
स्रोत: वर्डोमिटर्स

नेपाल:

नेपालमा आज थप चार सय बढी संक्रमित थपिएका छन्। देशै भरबाट ५ हजार ८ सय पिसिआर परिक्षण गर्दा ४ सय २१ जनामा संक्रमण देखिएको छ।हाल देशभर कुल संक्रमित संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ। योसंगै देशभर कुल १९ लाख ४८ हजार ५ सय २ पिसिआर गरिसकिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितहरु घट्दै गएका छन्। आज देशभर जम्मा सक्रिय संक्रमित संक्या ५ हजार ४ सय ८७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना संक्रमण निको हुने दरमा वृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभरबाट आज ६ सय ३७ जना संक्रमित निको हुदा निकोहुने दरमा वृद्धि भएको छ। योसंगै कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको कूल संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको छ। नेपालमा निको हुने दर ९७.२ प्रतिशत रहेको छ।

आज देशभरबाट ८ जनाको मृत्यु भएसंगे कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १८ सय ७८ पुगेको छ।

देशभर क्वारेण्टाईनमा रहनेहरुको संख्या ३ सय ६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।