आजको मौसम;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तापक्रम –

अधिकतम:२५.३ डिग्री (भरहवा,विराटनगर)
न्युनतम :- -०.६ डिग्री (जिरी )

पौष २० गते (सोमबार)

दिउँसो : देशभर सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश,  गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू-भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र  गण्डकी प्रदेशका भू-भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

(जारी मितिः २०७७-०९-२०, बिहान ०६:०० बजे)

 मौसम विश्लेषण:

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था :

हाल देशभर सामान्य बदलि रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०९/२० देखि २०७७/०९/२२) जारी समय : बिहान ६:०० बजे

दिउँसो : देशभर सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू-भागहरुका केहि स्थानहरु तथा बागमती र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (जारी मितिः २०७७-०९-१९ बिहान ९:०० बजे)

हाल कर्णाली प्रदेशका पहाडी भू-भाग र सुदुरपश्चिम प्रदेशका भू-भागहरुमा सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ साथै तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

देशका उच्च पहाडी र हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पहाडि भू-भागका थोरै स्थानहरुमा हल्का बर्षा हुने सम्भावना रहेकोको पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउनहुन तथा बदलि, बर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा केहि गिरावट आई देशैभरी चिसो बढ्ने संभावना रहेको ले चिसोबाट बच्न सजग रहनुहुन सबैमा अनुरोध छ।