सय खत माफ, पार्टी बैठकमा आउनुहोस् (भिडियो सहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पौष १९,काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल समूहका नेताहरुलाई पार्टीको बैठकमा आउन आग्रह गर्नुभएको छ ।
प्रचण्डलाई कार्यबाट मात्र हटाइएको हो, अध्यक्ष पद कायम छ । नारायणकाजीलाई प्रवक्ताको जिम्मेवारीबाट मात्र मुक्त गरिएको हो, सचिवालय सदस्य कायम छ, ओलीको भनाई छ ।

प्रधानमन्त्री  ओलीले ‘सम्बृद्ध नेपाल र सुखी नेपाली’को कुरा आफ्नै पार्टीका केही नेताहरुले सुन्न नसकेको र त्यसको पक्षमा बोल्न समेत नसकेको बताउनुभएको छ ।
नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले आइतबार बबरमहलस्थित कार्की व्यान्क्विटमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा समेत प्रशंसा गरिएको त्यो नारालाई नेताहरुले पचाउन नसकेको समेत बताउनुभयो ।

‘सम्बृद्ध नेपाल र सुखी नेपालीको हाम्रो राष्ट्रिय आकांक्षा पूरा गरेर छाड्छौँ। विदेशमा म जहाँ जान्छु, अथवा विदेशी मित्रहरु जो नेपालमा आउनुहुन्छ, उहाँहरु सबैले भन्नुहुन्छ– नेपालको राष्ट्रिय आकांक्षा सही छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।
दाहाल–नेपाल समूहतर्फ लक्षित गर्दै भन्नुभयो, ‘तर तपाईंहरुले हाम्रो पार्टीमा ठूलाठूला नेताहरुले सम्बृद्ध नेपाल सुखी नेपाली भनेको सुन्नुभएको छरु कहिल्यै भन्नुहुन्न उहाँहरु, किनकि उहाँहरुको मन जल्छ।’