प्रधानमन्त्री कपको उपाधि प्रदेश एकलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


पौष १९,काठमाडौं।
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश एकले जितेको छ। दाङ्गमा आयोजना भएको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियनसमेत रहेको विभागीय टोली एपिएफलाई ६ रनले हराउँदै प्रदेश नम्बर एकले उपाधि जितेको छ।

पहिले बैटिङ्ग गर्दै प्रदेश-१ ले चार विकेटको क्षतिमा १०५ रन बनाएको थियो। १ सय ६ रनको लक्ष्य पछ्याएको एपिएफ निर्धारित २० ओभरमा ९९ रनमा समेटियो। एपिएफलाई रोक्न प्रदेश एककि कप्तान रूविना क्षेत्री र आलिसा खडियाले समान २-२ विकेट लिनुभयो भने संगीता राईले १ विकेटलिनुभयो ।एपिएफका लागि ममता चौधरीले सर्वाधिक ३४,करूणा भण्डारी२६ र ज्योति पाण्डेले १४ रनको योगदान दिनुभयो।

यसअघि ब्याटिंगमा आएको प्रदेश एककि ओपनर अप्सरी बेगमले सर्वाधिक ३५, काजल श्रेष्ठले अविजित २९ तथा कप्तान रुबिना क्षेत्रीले १८ रन बनाउनु भयो।
एपीएफको बलिंगमा कप्तान सिता राना मगरले ४ ओभरमा १७ रन खर्चिएर सर्वाधिक ३ विकेट लिनुभयो भने करुणा भण्डारीले १ विकेट हात पारन सफल हुनुभयो। प्रतियोगिताको समुह चरणको खेलमा एपीएफ समुह ‘ए’ को तथा प्रदेश-१ समुह ‘बि’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको थियो। प्रतियोगिताको प्लेयर अफ दि सिरिज प्रदेश एककी संगीता राई घोषित हुनुभयो।