पौष १९,काठमाडौं।
नक्कली पिसिआर रिपोर्ट सहित विदेश जान लागेका ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विमानस्थलमा उडान हुनुपूर्व बसिसहेको अवस्थामा संका लागेर चेकजाच गर्नेक्रममा उनुहरुको पिसिआर रिपोर्ट नक्कली भएको फेला परेको छ।
पक्राउ पर्नेहरुमा सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह ,सिन्धुपाल्चोकका माहिला तामाङ्ग,अर्घाखाचीका प्रविन भट्ट ,मकवानपुरका रोशन कुमार त्यसैगरी धनुषाका सोलेन्द्र महतो,भेदी महतो र तेज नारायण महतो रहेको केन्द्रिय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी बसन्तबहादुर कुवंरले घामछायाँलाई बताउनु भयो।
चार दिन पहिले उड्डान रहेकोमा पिसिआर रिपोर्ट नभए कै कारण हुन नासाकेको उनीहरुको भनाई छ। हिजो मात्रै पिसिआर रिपोर्ट ल्याईदिएको उनीहरु बताएका छन्। पिसिआर रिपोर्ट दिने व्यक्तिलाई आफुहरु नचिनेको सातैजनाले बताएका हुन। पक्राउ पर्नेहरुले विदेश जानका निम्ति ७२ देखि ८० हजारसम्म तिरेको बताएका छन्। दलाल मार्फत दुबई जान्न लागेको प्रहरीको भनाई छ।
उनीहरुसंग फेला परेको पिसिआर रिपोर्ट मध्ये पाँच वटा रिपोर्ट सेन्ट्रल डाइग्नोस्टीक लाइब्रोटरिको र दुईवटा हेम्स अस्पतालको रहेको कुवंरले बताउनु भयो। कुवंरका अनुसार यस अपराधमा संलग्न सबैमाथि लिखत किर्तेको मुद्धा चलाउने तथायस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया