हटाईने भयो न्युरोडको छाता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


पौष १९,काठमाडौं।
न्युरोड-संकटा सडकमाथि राखिएको छाता आजदेखि हटाईने भएको छ। मानिसहरुको भिड अत्यधिक भयो भन्दै व्यवस्थापन गर्न नसक्दा छाता हटाउनु परेको संकटा क्लबका सचिव आशिषमान सिंहले बताउनु भयो। घामछायाँसंग कुरागर्दै सिंहले,”अनुमान भन्दा धेरै भिड बढेर व्यवस्थापनमा समस्या भयो अब नहटाई नहुने ” भन्नु भयो।


”हिजोदेखि छाता बन्द गर्न सुरु गरिसकेको र आज बेलुकादेखि छाता हटाईने ” सिंहले भन्नु भयो। छाता लगाएसंगै समाजिक संजालमा भाइरल भएको सडकमा दैनिक १५ हजार मान्छे घुम्न आउने गरेको सिंहले जानकारी दिनुभयो। न्युरोड-संकटा जाने बाटोमा पछिलो दुई सातादेखि अत्यधिक भिड बढेर ट्राफिक व्यवस्थापन गर्न समेत नसकेको उहाँले बताउनु भयो। पुस ५ गते देखि लगाइएको छाताले अहिले व्यवसाय भन्दा भिड बढेको तर यसको प्रतिफल पछि पाउने कुरामा न्युरोडका व्यवसायीहरु विस्वस्त रहेका छन्।