तापक्रम –
अधिकतम:२६ डिग्री (विराटनगर)
न्युनतम :- -६ डिग्री (जुम्ला )
पौष १९ गते (आईतबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू भागमा हल्का हिमपातको साथै सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनि र गण्डकि प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
मौसम विश्लेषण :
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था :
हाल देशका सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकि प्रदेश, लुम्बिनि प्रदेश र बाग्मति प्रदेशमा आंशिक देखि सामान्य बदलि रहि प्रदेश नं १ र प्रदेश नं २ मा आंशिक बदलि रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०९/१९ देखि २०७७/०९/२१) जारी समय : विहान ६:०० बजे
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू भागमा हल्का हिमपातको साथै सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :
तापक्रममा कमि साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकि प्रदेशमा हल्का देखि मध्यम बर्षा हुने र त्येस क्षेत्रमा अझ चिसो बढ्ने हुनाले चिसोबाट बच्न तथा तराई / पहाडी भू-भागका केही स्थानहरुमा बिहानीपख हुस्सु/कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।
प्रतिक्रिया