काठमाडौ: शिक्षा पत्रकार सञ्जाल नेपाल(इजोन)को अध्यक्षमा गोरखापत्रका प्रकृति अधिकारी निर्वाचित हुनुभएको छ । आज सम्पन्न सातौ अधिवेशनले उहाको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
सम्मेलनमा महासचिव सूर्यप्रसाद पाण्डेले संस्थाको सांगठनिक र कोषाध्यक्ष विनोद घिमिरेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । अधिवेशनमा इजोनका सल्लाहकार ईश्वरराज ढकाल र भवानीश्वर गौतम, अभिभावक महासंघका अध्यक्ष भण्डारीले शुभकामना तथा नव निर्वाचित कार्य समिति सद्स्यहरुलाइ बधाई दिनुभएको थियो ।
प्रतिक्रिया