पौष १८ , काठमाडौं।
नेपालमा कोरोनाका सक्रिय संक्रमितहरु घट्दै गएका छन्। हिजोसम्म ६ हजार माथि रहेको सक्रिय संक्रमित संख्या आज ६ हजार भन्दा कम भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज देशभर जम्मा सक्रिय संक्रमित संक्या ५ हजार ७ सय ११ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।
नेपालमा कोरोना संक्रमण निको हुने दरमा वृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभरबाट आज ७ सय ५० जना संक्रमित निको हुदा निकोहुने दरमा वृद्धि भएको छ। योसंगै कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको कूल संख्या २ लाख ५३ हजार ८ सय ५७ पुगेको छ।
आज देशभरिबाट संकलन गरिएको स्वाबको पिसिआर गर्दा ४ सय १९ जनामा संक्रमण पनि देखिएको छ। मन्त्रालयका अनुसार हाल देशभर कुल संक्रमित संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको छ। आज देशभरबाट ६ जनाको मृत्यु भएसंगे कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १८ सय ७० पुगेको छ।
हाल सम्म देशभर कुल १९ लाख ४२ हजार ७ सय २ पिसिआर गरिसकिएको छ।
देशभर क्वारेण्टाईनमा रहनेहरुको संख्या ३ सय ६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया