पौष १८,काठमाडौं ।
दाङ्गमा जारि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा एपीएफ फाइनल प्रवेश गरेको छ। आज भएको खेलमा सुदुरपश्चिम प्रदेशमाथि ९ विकेटको जित निकाल्दै फाइनल प्रवेश गरेको हो। १६ ओभरमा छोट्याइएको आजको खेलमा टस जितेर बैटिङ्ग गर्न आएको सुदुरपश्चिम प्रदेशले १६ ओभर खेल्दै ७ विकेट गुमाई ६० रन बनाएको थियो। उसका लागि ऋतु कनौजियाले सर्वाधिक २२ रनको योगदान दिनुभयो। उनले २१ बलको सामना गर्दा २ चौका प्रहार गर्नु भएको थियो। सुदुरपश्चिमाकी अर्की ब्याट्स्वुमेन रेवती धामीले १२ रन बनाउनु बाहेक अन्यले दोहोर अंक जोड्न सकेका थिएनन्। सुदुरपश्चिमलाई ६० रन मै रोक्न एपीएफ कि करुणा भण्डारीले ३ विकेट हात पार्नु भयो। करुणाले ४ ओभर बलिङ्ग गर्दै जम्मा ११ रन खर्चिनु भयो।
जवाफमा एपिएफ़ले १ विकेट गुमाई ६१ रनको विजयी लक्ष्य भेट गर्न सफल भएको थियो। १५ ओभरमा लक्ष्य पुरा गरेको एपीएफकि ब्याट्स्वुमेन ज्योति पाण्डेले अविजित २६ रन बनाउनु भयो भने अर्की ब्याट्स्वुमेन सरिता मगरले १९ रन बनाउनु भयो।
खेलको प्लेयर अफ दि म्याच करुणा भण्डारी घोषित हुनुभएको छ।
प्रतियोगिताको दोश्रो सेमिफ़ाइनल खेल लुम्बिनी प्रदेश र प्रदेश नम्बर एक बीच भैरहेको छ।
प्रतिक्रिया