कोरोना अपडेट ;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्वभर कोरोना :

संक्रमित:८ करोड ४३ लाख ४९ हजार ५ सय २४
निको भएका :५ करोड ९६ लाख १८ हजार ४ सय ४०
मृत्यु : १८ लाख ३४ हजार ३ सय ५६
स्रोत: वर्डोमिटर्स

नेपाल:

नेपालमा कोरोना संक्रमण निको हुने दर ९७ प्रतिशत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभरबाट आज ७ सय ४८ जना संक्रमित निको हुदा निकोहुने दरमा वृद्धि भएको छ। योसंगै कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको कूल संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको छ। नेपालमा निको हुने दर हिजो ९६.८ प्रतिशत रहेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।

आज देशभरिबाट संकलन गरिएको ५ हजार २ सय २५ जनाको स्वाबको पिसिआर गर्दा ४ सय २६ जनामा संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार हाल देशभर कुल संक्रमित संख्या २ लाख ६१ हजार १९ पुगेको छ। आज देशभरबाट ८ जनाको मृत्यु भएसंगे कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १८ सय ६४ पुगेको छ।
हाल सम्म देशभर कुल १९ लाख ३७ हजार ७ सय २ पिसिआर गरिसकिएको छ।

आज जम्मा सक्रिय संक्रमित ६ हजार ४८ रहेको छ। देशभर क्वारेण्टाईनमा रहनेहरुको संख्या ३ सय ६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।