आजको मौसम;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तापक्रम –

अधिकतम:२५.६ डिग्री (विराटनगर)
न्युनतम :- -५.५ डिग्री (जुम्ला )

पौष १८ गते (शनिबार)

दिउँसो :  लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली, प्रदेश न २ मा आंशिक बदली रहनुको साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।सुदुर पश्चिम प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपात र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको छ ।

राती :  देशभर आंशिक देखि सामान्य बदली रहनेछ।सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम विश्लेषण (Meteorological Analysis):

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था (Present Weather Status):

हाल सुदुर पश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (जारी मितिः २०७७-०९-१७ बिहान ९:०० बजे)

तराईका केही भू‍-भागमा हुस्सु/कुहिरो लागेको छ भने बांकी भु-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०९/१७ देखि २०७७/०९/१९) जारी समय : बिहान ६:०० बजे

हाल सुदुर पश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

तापक्रममा कमि भई चिसो रहि रहने हुनाले चिसोबाट बच्न तथा तराई / पहाडी भू-भागका केही स्थानहरुमा बिहानीपख हुस्सु/कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।