”खोलेर के काम?”-हल संचालक (भिडियो सहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पौष १६,काठमाडौं ।
कोरोना महामारी सुरु भएपछी झन्डै नौ महिना भन्दा बढी समय बन्द रहेको राजधानीको सिनेमाहलहरु बन्द सटर अचानक खोल्यो। तर त्यो खुलेको सटर भित्र गएर सिनेमा हेरिदिने दर्शक भने आएनन्। दर्शक मात्रै होइन तिनकालागि नयाँ सिनेमा पनि आएन। परिणाम स्वरुप खुलेको हलहरुमा दर्शक छैनन् भने त्यहि कारण कतिपय हलहरु खुलेकै छैनन्।
सरकारले नयाँ सिनेमाहरु रिलिज गर्न सेन्सर पास नगरेको कारण सिनेमा हल खोल्नु अर्थहीन भएको हल संचालकहरुको भनाई छ।
अष्टनारायण सिनेमा हलका संचालक शोहित मानन्धर भन्नुहुन्छ,” नयाँ सिनेमा रिलिजको अनुमति नै छैन भने हल मात्रै खोलेर के काम ?” ।
कोरोनाको जोखिम नहटेको भन्दै सरकारले सिनेमा हाल संचालन गर्ने औपचारिक अनुमति दिएको छैन।