काठमाडौं : गैर आवासिय नेपाली संघ एनआरएनए दक्षिण कोरियाका पुर्व अध्यक्ष राजु क्षेत्री त्यहाँको न्याय मन्त्रालयबाट सम्मानित हुनु भएको छ । अपराध रोकथाम र स्थानीय समूदायमा युवालाई सहि मार्गदर्शन दिन महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै मन्त्रालयले आज क्षेत्रीलाई सम्मान गरेको हो ।

कोरियाको न्याय मन्त्रालयमा सम्मानित हुने क्षेत्री सम्भवतः पहिलो नेपाली हुनुहुन्छ । सम्मानित भएपछि प्रतिक्रिया दिदै क्षेत्रीले कोरियाको दुई दशक लामो बसाईमा एकपछि अर्को सम्मान पाउनु, म र नेपालीका लागि पनि गौरन्वितको विषय भएको बताउनु भएको छ । कानुन मन्त्रालयका निर्देशक जङ्गसङले सम्मानपत्र पठाएर क्षेत्रीलाई बधाई र असल कोरियन समाज निर्माणमा सहकार्यकोे अपेक्षा प्रकट गर्नुभएको छ । नेपाली व्यावसायि क्षेत्रीको यो सम्मान कोरियन सरकारबाट पहिलो पटक भने होइन् । दुइ वर्ष अघि पोचान महानगरपालिकाले मानार्थ राजदूतमा नियुक्त गरेर सम्मान गरेको थियो भने सन् २ हजार १३मा सोल नगरपालिकाले तेक्वान्दो खेलको विकासमा उत्कृष्ट योगदान गरेको भन्दै मानार्थ नागरिकता प्रदान गरेको थियो ।
को हुन् राजु क्षेत्री?
राजु क्षेत्री कोरियन माझ नेपाली व्यावसायि भन्दा तेक्वान्दो खेलाडि, प्रशिक्षक र रेफ्रीबाट अझ बढी चिनिनुहुन्छ । धेरै समय खेलकूदमा बिताउने क्षेत्री छैठौ डान ब्याल्क बेल्टधारी हुनुहुन्छ । क्षेत्रीले सन् २ हजार १४मा इन्छनमा आयोजित १७औ एशियन गेम्समा नेपालको तर्फबाट सहभागिता जनाउनु भएको थियो भने त्यसअघि राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी भएर स्वर्ण सहितका पदक हात पारिसक्नु भएको छ । सन् २ हजार ५मा अमेरिकाको टेक्ससमा आयोजित इन्टरनेशनल च्याम्पिएनशिपमा काश्य पदक हात पार्नुभएका क्षेत्रीले सन् २ हजार ८मा कोरियामा आयोजित कोरिया ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पीयनशिपमा स्वर्ण पदक जित्नु भएको थियो । यसैगरी अन्य दर्जनौ खेल प्रतियोगितामा प्रतिश्पर्धा गरेर अवार्ड र सम्मान हात पार्नु भएको छ । यस्तै सन् २ हजार ७, २ हजार ११ र २ हजार १२मा कोरियामा आयोजित विश्व तेक्वान्दो हानमाडाङ प्रतियोगिता, २ हजार ६मा आयोजित पहिलो विश्व तेक्वान्दो पुम्से प्रतियोगिता, दोस्रो कोरियन खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता र सन् २ हजार ९मा आयोजित पाँचौं खुल्ला तेक्वान्दो प्रतियोगितामा क्षेत्रीले कोचको भूमिका निभाउनु भएको थियो । खेलकूद गतिविधी सक्रिय क्षेत्रीलाई खेल संघसंस्थाले पनि सम्मान गरेको छ । यसैगरी विश्व तेक्वान्दोको प्रधान कार्यालय क्यूक्योन, विश्व तेक्वान्दो महासंघले उहाँलाई अन्तर्राष्ट्रिय प्रशिक्षक र रेफ्रीका रुपमा मान्यता र सम्मान गरेको छ । सहयोगी मनका धनी क्षेत्रीले नेपालको खेलकूद विकासका लागि बर्षेनी दर्जनौं तेक्वान्दो क्लब, एकेडेमीलगायतलाई खेल सामाग्री तथा आर्थिक सहयोग गर्दै आउनु भएको छ । नेपालको महाभुकम्प र खाङवन्दो क्षेत्रमा भिषण आगलागीबाट पिडितलाई आर्थिक संकलन जुटाएर क्षेत्रीले राहत र आर्थिक सहयोग गर्नु भएको थियो ।
प्रतिक्रिया