मृतक संख्या साढे १८ सय पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पौष १६ , काठमाडौं।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या साढे १८ सय पुगेको छ। आज देशभरबाट ९ जनाको मृत्यु भएसंगे कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १८ सय ५६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।
आज देशभरिबाट संकलन गरिएको ६ हजार स्वाबको पिसिआर गर्दा ५ सय बढीमा संक्रमण देखिएको छ। गत २४ घन्टामा ५ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर कुल संक्रमित संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ।
हाल सम्म देशभर कुल १९ लाख ३१ हजार ४ सय ७७ पिसिआर गरिसकिएको छ।

गत २४ घन्टामा ४ सय ४७ जना निको भएसंगै देशभर कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको कूल संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको छ। नेपालमा निको हुने दर ९६.८ प्रतिशत रहेको छ।

आज जम्मा सक्रिय संक्रमित ६ हजार ३ सय ७८ रहेको छ। देशभर क्वारेण्टाईनमा रहनेहरुको संख्या ३ सय ६२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।