बागमती माथि सुदुरपश्चिमको रोमाञ्चक जित

कविता जोशीको घातक बलिङ्ग प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर -सामाजिक संजाल
तस्वीर -सामाजिक संजाल

पौष १६ ,काठमाडौं ।
सुदुरपश्चिम प्रदेशले बागमती प्रदेश माथिको रोमाञ्चक जित हात पारेको छ।दाङ्गमा भईरहेको प्रधानमन्त्री कप महिला राष्टिय क्रिकेट प्रतियोगितामा आज भएको खेलमा बागमती प्रदेश माथि सुदुरपश्चिम प्रदेशले २८ रनको रोमाञ्चक जित हात पारेको छ।
खराब मौसमका कारण ११ ओभरमा सिमित गरिएको खेलमा बैटिङ्ग गर्दै सुदुरपश्चिम प्रदेशले डल्ली भट्टको २८ रनको आक्रामक बैटिङ्गको मदतले ७६ रन बनाएको थियो। उक्त स्कोर बनाउदासम्म सुदुरपश्चिमको ४ विकेट गुमाउनु परेको थियो। सुदुरपश्चिम कै अर्की बैट्स्वुमेन कविता कुवंरले १९ रनको योगदान दिनु भयो। डल्ली भट्टले १४ बलको सामना गर्दा २ चौका र २ छक्का प्रहार गरेकी थिइन्।

 

तस्वीर -सामाजिक संजाल

७७ रनको लक्ष्य भेट गर्न मैदान आएको बागमती प्रदेश पुरै ओभर खेलिसकेर पनि ४८ रनमा सिमित रह्यो। बागमतीलाई ४८ रन मै रोक्न सुदुरपश्चिमाकी बलर कविता जोशीले ५ विकेट लिएकी थिइन्। कुनै समय राम्रो लयमा रहेको बागमती प्रदेशको टिमलाई कविताले एकै ओभरमा ४ विकेट लिएर बागमतीको मनोबल कमजोर गरेकी थिइन्। कविताले घातक बलिङ्ग गर्दै २ ओभरमा १० रन मात्रै खर्चेकी थिइन्।

आजको खेलको प्लेयर अफ दि मैच घोषित हुनुभएकी कविताले २ हजार नगद सहित पुरस्कार पुरस्कृत हुनुभएकी छिन। जित संगै सुदुरपश्चिम प्रदेश सेमिफाईनल प्रवेश गरेको छ। आजको दोश्रो खेल प्रदेश १ र गण्डकी प्रदेशबीच भईरहेको छ।

 

 

तस्वीर -सामाजिक संजाल
तस्वीर -सामाजिक संजाल
तस्वीर -सामाजिक संजाल