पौष १५, काठमाडौं।
आज देशभरिबाट संकलन गरिएको ५ हजार स्वाबको पिसिआर गर्दा ५ सय बढीमा संक्रमण देखिएको छ। गत २४ घन्टामा ५ हजार १ सय १० पिसिआर गरिएकोमा ५ सय ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर कुल संक्रमित संख्या २ लाख ६० हजार ५९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।
हाल सम्म देशभर कुल १९ लाख २६ हजार ४ सय ७७ पिसिआर गरिसकिएको छ।
गत २४ घन्टामा ६ सय जना निको भएसंगै देशभर कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको कूल संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ। नेपालमा निको हुने दर ९६.९ प्रतिशत रहेको छ।
आज देशभरबाट ७ जना संक्रमितहरुको मृत्यु भए संगै कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ८ सय ४७ पुगेको छ।
आज जम्मा सक्रिय संक्रमित ६ हजार ३ सय रहेको छ। देशभर क्वारेण्टाईनमा रहनेहरुको संख्या ३ सय ६२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया