प्रदेश १ द्वारा सुदुरपश्चिम ५ विकेटले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

पौष १५,काठमाडौं।
प्रदेश १ द्वारा सुदुरपश्चिम प्रदेश ५ विकेटले पराजित भएको छ। दाङ्गमा भईरहेको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा प्रदेश १ ले सुदुरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गरेको हो। खराब मौसमका कारण १६ ओभरमा छोट्याईएको खेलमा सुदुरपश्चिमले पहिले बैटिङ्ग गर्दै कविता जोशीको १४ रनको मदतले ८ विकेट गुमाई ५३ रन बनाएको थियो। सुदुरपश्चिम प्रदेशकि अर्की बैट्स्मेन लक्ष्मी साउदले ९ र रेवती धामीले ८ रन बनाईन। सुदुरपश्चिम प्रदेशलाई कम रन मै रोक्न प्रदेश १ कि बलर संगीता राईले ३ विकेट लिनुभयो। संगीताले ४ ओभर बलिङ्ग गर्दै १० रन मात्रै खर्चिनु भएको थियो।


५४ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको प्रदेश १ ले लक्ष्य भेटाउन १५.१ ओभरको सामना गर्न्नु परेको थियो। कप्तान रुबिना क्षेत्रीको १२ रनको सहयोगले लक्ष्य भेटाउदा सम्म प्रदेश १ ले ५ विकेट गुमाउनु परेको थियो। बलिङ्ग तर्फ सुदुरपश्चिम प्रदेशकि दीपा जोराले ३ ओभरमा १८ रन दिएर २ विकेट लिनु भएको थियो। त्यस्तै सुदुरपश्चिम प्रदेशकि कविता जोशीले ३ ओभरमा ८ रन खर्चिएर १ विकेट हात पार्नु भयो।

आजको खेलको प्लेयर अफ दि मैच प्रदेश १ कि संगीता राई घोषित हुनुभएकी हुन्। प्रतियोगितामा आजको दोश्रो खेल अहिले बागमती प्रदेश र गण्डकी प्रदेशबीच भईरहेको छ।