काठमाडौं :
आज देशभरिबाट संकलन गरिएको ६ हजार स्वाबको पिसिआर गर्दा ७ सय बढीमा संक्रमण देखिएको छ। गत २४ घन्टामा ६ हजार १ सय ३५ पिसिआर गरिएकोमा ७ सय ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर कुल संक्रमित संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।
हाल सम्म देशभर कुल १९ लाख २१ हजार ३ सय ६७ पिसिआर गरिसकिएको छ।
गत २४ घन्टामा ७ सय ३१ जना निको भएसंगै देशभर कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको कूल संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ। नेपालमा निको हुने दर ९६.८ प्रतिशत रहेको छ।
आज देशभरबाट ८ जना संक्रमितहरुको मृत्यु भए संगै कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ८ सय ४० पुगेको छ।
आज जम्मा सक्रिय संक्रमित ६ हजार ३ सय ९६ रहेको छ।
प्रतिक्रिया