पौष १४,काठमाडौं ।
गण्डकी प्रदेशमाथि सुदुरपश्चिम प्रदेशले फराकिलो जित हात पारेको छ। दाङ्गमा आयोजित सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा आज भएको खेलमा गण्डकी प्रदेशलाई सुदुर पश्चिम प्रदेशले ५९ रनको फराकिलो अन्तरले पराजित गरेको छ। टस जिती बैटिङ्ग गर्न आएको सुदुर पश्चिमले निर्धारित २० मा १९.३ ओभर खेल्दै सबै विकेट गुमाई १०७ रनको योगफल खडा गरेको थियो। सुदुरपश्चिमलाई १०७ रनमा रोक्नका लागि गण्डकीकि बलर सृष्टि पौडेलले र एलिशा लामिछानेले ३/३ विकेट लिएकी थिइन्।सृष्टिले ३.३ ओभर बलिङ्ग गर्दा १६ रन खर्चिनु परेको थियो। त्यस्तै एलिशा लामिछानेले ४ ओभर बलिङ्ग गर्दा १६ रन दिनु भएकी थिइन्।
यसअघि सुदुरपश्चिमकी ब्याट्समेन रेवती धामीले ३६ बल खेल्दै २ चौकाको मदतले २७ रन बनाउनु भएकी थिइन्।
१०८ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको गण्डकी प्रदेशले २० ओभर सम्मै पिचमा टिके पनि रन भने जुटाउन सकेन। गण्डकी प्रदेशको इनिङ्गमा सृष्टि पौडेलको ८ रन नै उच्च स्कोर रहन पुग्यो। इनिङ्गको समाप्तिसम्म गण्डकी प्रदेशले ६ विकेट गुमाई जम्मा ४८ रन बनाउन सकेको थियो।
बलिङ्ग तर्फा सुदुर पश्चिमकी बलर सुनिता लुहारले २ ,कविता कुवंर ,ऋतु कानौजिया र लक्ष्मी साउदले १/१ विकेट लिनु भयो।
खेलको प्लेयर अफ दि मैच रेवती धामी घोषित हुनुभयो।
प्रतिक्रिया