पौष १३ ,काठमाडौं।
चार सुन्दर युवतीहरु फुर्सतमा च्याट गर्न एउटै भिडियोमा सल्लाह दिदै देखिएकी छिन। कोरियोग्राफर सुरेन्द्र बसेलले बताइदिए अनुसार चारै युवतीहरु हर्षित मुद्रामा च्याट गर्न सल्लाह दिदै गरेको हेर्न सकिन्छ सरु पराजुली द्वारा निर्मित म्युजिक भिडियो ‘फुर्सतमा च्याट गर्न ‘मा।
राजधानीको नयाँ बानेश्वर स्थित दृष्टि प्लाजामा सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोमा टिकटकबाट मार्फत उडाउदै म्युजिक भिडियोको क्षेत्रमा ख्याति कमाउदै गरेकी जुम्ल्याहा दिदिबहिनि स्मारिका ढकाल र समारिका ढकाल ,नेपाली म्युजिक भिडियोमा थोरै समयमा व्यापक चर्चा कमाउन सफल समिक्षा बस्नेत साथै नवोदित कलाकार दिपा कर्ण।
सरु पराजुलीको स्वरमा सजेको ‘फुर्सतमा च्याट गर्न’ म्युजिक भिडियोको रचनाकार शिव चापागाईं हुन् । यो भिडियोलाई सुर्भी क्रिएशनले प्रेजेन्ट गरेको हो।
नेपाली म्युजिक भिडियो जगतमा चर्चित गितहरु पस्किनु भएका निर्देशक सुब्रताराज आचार्यले नै निर्देशन गर्नु भएको ‘फुर्सतमा च्याट गर्न’मा यसपाली भने नवोदित कलाकार दीपा कर्णलाई परिचित गराउनु भएको हो। मूल:राजविराज बसोबास भएकी दीपालाई भने चार जनै युवतीहरु मध्ये सोझी र लगनशील विद्यार्थीको भूमिकामा हेर्न सकिन्छ।
भिडियोमा दीपाको भूमिकालाई सराहना गरिएको छ। निर्देशक सुब्रताराज आचार्यले ,”सोचेको भन्दा राम्रो काम गरेकी ” बताउनु भयो।
दीपा कर्णले पुरै ईमान्दारिता र लगनले काम गरेको बताउनु भयो। राजधानी कै एक आईटि कम्पनीमा म्यानेजर पदमा कार्यरत दीपा कर्णले घामछायाँसंग कुरा गर्दै आगामी दिनमा अवसर पाए कलाकारिता मै भविष्य बनाउने योजना रहेको बताउनु भयो।
पहिरन प्रति संबेदनशील रहनुभएकी दीपाले आफ्नो तौल घटाउन कसरतमा लागिसकेको खुलासा समेत गर्नु भएको हो। आफ्नो नृत्य पक्ष कमजोर भएको स्वीकार गर्ने दीपाले डान्स क्लास सुरु गरिसकेकी बताउनु भयो।
प्रतिक्रिया