साढे २ लाख कोरोना मुक्त 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं :

नेपालमा कोरोना संक्रम निको हुनेहरु साढे २ लाख पुगेका छन। गत २४ घन्टामा ७ सय १८ जना निको भएसंगै देशभर कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको कूल संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको छ। नेपालमा निको हुने दर ९६.८ प्रतिशत रहेको छ।
नेपालमा आज ६ सय बढी कोरोनाका नयाँ संक्रमित थपिएका छन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गत २४ घन्टामा ६ सय ५९ जना नयाँ संक्रमित थपिएका हुन्। योसंगै देशभर कुल संक्रमित संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।

हाल सम्म देशभर कुल १९ लाख १५ हजार २ सय ३२ पिसिआर गरिसकिएको छ।

आज देशभरबाट ७ जना संक्रमितहरुको मृत्यु भए संगै कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ८ सय ३२ पुगेको छ।
आज  जम्मा सक्रिय संक्रमित ६ हजार ४ सय २७ रहेको छ।