आजको मौसम;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तापक्रम –

अधिकतम: २४.५ डिग्री (भैरहवा)
न्युनतम :- -४.३ डिग्री (जुम्ला )

पौष १३ गते (सोमबार)

दिउँसो : प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम विश्लेषण :

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था :

हाल बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०९/१३ देखि २०७७/०९/१५) जारी समय : बिहान ६:०० बजे

प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

तापक्रम चिसो रहिरहने तथा तराई / पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई  सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।